सञ्चार माध्यम स्वयंको समावेशीकरण

0
Shares

पूर्ण प्रेस स्वत्रन्ताको उच्चतम अभ्यास गराउन नेपाली पत्रकारिताको क्षेत्रमा विविधतालाई प्रतिबिम्बत गर्ने गरी समावेशी हुनु आवश्यक रहेको छ।सञ्चार क्षेत्र सार्वजनिक र यसमा सबै पहुँच हुनुपर्दछ।लोकतान्त्रिक मुलुकहरूमा सबै समुदायको भूमिकालाई बलियो बनाउन सञ्चार माध्यमको बहुलवादी स्वरूप प्रदान गर्ने गरेका हुन्छन्।समावेशीलाई बलियो रूपमा स्थापित गर्न मातृभाषाको पत्रकारिताको विकासले पत्रकारितामा सबैको पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने मात्र नभई प्रेस स्वतन्त्रतालाई अकुण्ठित बनाउने छ।

सुनील महर्जन
पत्रकारितालाई आवाजविहीन आवाजको नारा खुबै चलनचल्तीमा रहे पनि सञ्चार कक्षको विषय केही दशकअघिसम्म त्यतिको चर्चाको विषय थिएन।दुई दशकअघिदेखि पत्रकारितामा समावेशीकरण एउटा चासो र चिन्ताको विषय बन्दै आएको छ।नेपाली समाज बहुल रहेको छ।जातीय, धार्मिक, संस्कृति, जैविक विविधता हरहिसाबले नेपालको समग्र परिवेश विविधतायुक्त रहेको छ।यसले गर्दा संविधानको प्र्रस्तावनाले नै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता स्वीकार गरेको छ।यसले गर्दा समाजलाई हेर्ने र बुझ्ने पनि बहुल हुने गर्दछ।सञ्चार माध्यममा सबैको दृष्टिकोणको उचित रूपमा मुखरित सञ्चार माध्यमको समावेशी पत्रकारिता जरुरी रहेको छ।विविधतालाई समेटिएको सञ्चार माध्यमले मात्र एकता, सद्भावले राष्ट्रिय एकतालाई बलियो बनाउने छ।
सिद्धान्ततः पत्रकारिता राष्ट्रिय हितको माध्यम हो।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता त्यस माध्यमको आधारशीला हो।पत्रकारिता समावेशी भएमा मात्र राष्ट्रिय हितको बलियो माध्यम बन्न सक्दछ।अथवा समावेशी पत्रकारिताले मात्र राष्ट्रहितको बलियो संवाहक बन्नेछ।यसका लागि सञ्चार जगतको स्वयं लोकतान्त्रीकरणको सशक्त जरुरी रहेको छ।

समावेशी पत्रकारिता भनेको के हो?
१. नेपालमा समावेशी पत्रकारितालाई तीन आयामबाट व्याख्या वा बहस हुने गरेको छ।पत्रकारिताका सिद्धान्त, यसका अभ्यास र नेपाली परिपे्रक्ष्यको आवश्यकताका आधारमा समावेशी पत्रकारितालाई हेने र बुझ्ने गर्दै आइएको छ।पहिलो आयाम भनेको समाचारको विषय र प्रतिनिधित्व हो।यस आयाममा नेपाली सञ्चार माध्यममा विविध मुद्दा, एजेन्डा र विषयको प्रकाशन वा प्रशारणको लागि त्यसप्रति सम्बद्ध समुदायको समाचार कक्षमा उपस्थिति हुनुपर्ने मान्यता अघि सारिएको छ।नेपालको सञ्चार माध्यममा संविधानले भनेअनुसारको समाचारको अन्तर्वस्तुमा विविधताको प्रतिविम्बित हुनको लागि समाचार कक्षमा विविध समुदाय, लिड्ड र क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अनिवार्यका पूर्वशर्तका रूपमा लिइएको छ।

द२. नेपालमा बोलिने विविध भाषाका माध्यमबाट भए गरेका पत्रकारिताहरू फूल्ने र फल्ने अवसर प्रदान गर्नुलाई समावेशीको दोस्रो आयामका रूपमा लिइएको छ।संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषाहरू हुन् भनिएको छ।संविधानले स्पष्ट भनिसकेको अवस्थामा सबै भाषाबाट गरिने पत्रकारिताले विविधतालाई प्रतिबिम्बत र सही अर्थमा आवाजविहीनको आवाज बन्न सक्दछ।यसले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको दायरालाई अझ व्यापक र बलियो बनाउने माध्यमको रूपमा सञ्चार माध्यमले भूमिका निर्वाह गर्न सक्दछ। समावेशीलाई बलियो रूपमा स्थापित गर्न मातृभाषाको पत्रकारिताको विकासले पत्रकारितामा सबैको पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने मात्र नभई प्रेस स्वतन्त्रतालाई अकुण्ठित बनाउने छ।

३.तेस्रो आयाम भनेको हाल सरकारी सञ्चार माध्यमले विविध भाषाबाट प्रकाशन र प्रसारण गर्दै आएको विषय।राज्यद्वारा सञ्चालित गोरखापत्र दैनिकले नयाँ नेपालका नामबाट झण्डै ३२ वटाभन्दा बढी भाषाका सामग्रीहरू जनआन्दोलन २०६२÷०६३ देखि प्रकाशन गरिरहेको छ भने रेडियो नेपालले दुई दशकअघिदेखि मातृभाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको छ । गत वर्षदेखि नेपाल टेलिभिजनले सात वटै प्रदेशमा सम्बन्धित प्रदेशमामा बढी बोलिने दुई वटा भाषाबाट समाचार बुलेटिन प्रसारण आरम्भ गरेको छ।यसले सम्बन्धित सञ्चार माध्यमको पाठक, दर्शक र स्रोताको घेरा तथा व्यावसायिकतामा टेवा पु¥याउन अहं भूमिका निर्वाह गर्नेछ।
पत्रकारितामा समावेशीकरण किन?

सञ्चार माध्यमका विज्ञहरूका अनुसार बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा विभिन्न समुदायहरू बीचको राजनीतिक र सामाजिक सम्बन्धको सवाल सञ्चार माध्यमसँग जोडिएर आउँछ। यसो हुनुको मुख्य कारण राज्य र व्यक्ति बीचको सार्वजनिक वृत्तमा सञ्चारमाध्यम एउटा सशक्त शक्तिको रूपमा उपस्थित भएर हो।नेपाली समाजको संरचना र सञ्चालनमा सञ्चार माध्यमको भूमिका र उत्पादित सामग्रीको अन्तर्वस्तुले विभिन्न लिड्ड, जात, धर्म र समुदाय बीचको राजनीतिक र सांस्कृतिक सम्बन्धलाई खलबल्याउने वा पुनः परिभाषित गर्न सक्ने हुन्छ।तसर्थ समाजमा विद्यमान विभिन्न असमानताको पुनः उत्पादन वा निवारणमा मिडियाको महत्वपूर्ण भूमिका भएको मानिन्छ।
पत्रकारितालाई आवाजविहीन आवाज भनिन्छ।सत्यतथ्य, सन्तुलन र निष्पक्ष पत्रकारिताले सबै आवाज प्रतिबिम्बित गर्न सक्ने पत्रकारिताका विज्ञहरूको कथन रहेको छ।हुन त पत्रकारिताका एउटा चलनचल्तीको भनाइ छ।पत्रकारले चौबाटोमा राखिएको सालिक र ढुङ्गाले के भन्न चाहेको छ।त्यसको मर्म बुझनु पर्दछ।अर्थात् एक जना व्यावसायिक पत्रकारको संवेदशनशीलता त्यो हदसम्म हुनुपर्छ।पत्रकारको मुख्य गुणको सन्र्दभमा पत्रकारिताका विद्धानहरूले दिने उदाहरण हो यो ।

सिद्धान्तमा जे भनिए पनि नेपालको पत्रकारितालाई अधिकांश वञ्चित समुदायको कोणबाट हेर्दा नेपाली पत्रकारिताको अवस्था समग्र राज्य र समाजमा देखिएका वैचारिक, संरचनागत, व्यवस्थापकीय कार्यान्वयनका दोषबाट मुक्त छैनन्। तर, नेपाली पत्रकारिताले समाजको विभेदलाई चिर्ने विविध जातजाति र भाषाभाषी,उत्पीडन वर्ग र समुदायको आवाजलाई पर्याप्त मात्रामा मुखरित गर्न सकिरहेको छ।आदिवासी ,जनजाति, महिला दलित, मधेसी र भौगोलिक रूपले पछाडि परेका विकट जनताको भावना र मर्मलाई सही अर्थ बुझने ठम्याउने सर्वथा अभाव रहेको रहेको छ।

किनभने, राज्यका विभिन्न क्षेत्रमा देखिएको जातीय, वर्गीय, क्षेत्रीय र लैड्डिक विभेदबाट नेपाली पत्रकारिता पनि अछुतो छैनन्।सामाजिक विविधतालाई प्रतिबिम्बित गर्ने खालको छैनन्।नेपालको मूलधारको सञ्चारमाध्यममा विभिन्न भाषाभाषी, जातजाति र धर्मावलम्बी उत्पीडनमा परेका जनताको र पछाडि पारिएको क्षेत्रको विकास र ऐजेण्डा गतिविधिले अपेक्षाकृत स्थान नपाएको आवाज प्रखर रूपमा सुनिँदै आएको छ।सञ्चार गृह र सम्पादकीय नीति समावेशी नभएका कारण धेरै घटना र विषयवस्तुहरू उचित तरिकाले सम्प्रेषण हुन सकिरहेको छैन।महिला, दलित मधेसी, आदिवासी जनजाति, मुस्लिम र अपाङ्गता भएका र पिछडिएका वर्ग र समुदायका मुद्दाहरूलाई उठाउन नचाहने र कतिपय अवस्थामा त्यसलाई बंग्याउने र साघुँरो सोचका कारण सञ्चार माध्यम समावेशी बन्न सकेको छैन।

यसको मुख्य कारणका रूपमा मिडिया अध्ययता प्रत्युष वन्तले नेपाली मूलधारको सञ्चारमाध्यममा अधिकांश बाहुन, क्षेत्री र केही नेवार पुरुष रहेकाले सञ्चार माध्यमले विविधताको प्रतिनिधित्व गर्न नसकेको ठान्नुहुन्छ।उहाँको नेपालको सन्र्दभमा समाजशास्त्रीय चिन्तन नामक पुस्तकमा मिडिया उदार प्रजातन्त्र शीर्षक लेखमा भन्नुभएको छ ‘ यसले गर्दा नेपाली मिडियाको विश्वसनीयता र लोकतान्त्रिक संरचनामा प्रश्न चिह्न उठाउने ठाउँ छ।’ नेपालको सन्र्दभमा समाजशास्त्री चिन्तन पुस्तकको मिडिया उदार प्रजातन्त्र नामक शीर्षकमा उहाँले हाल सञ्चार माध्यममा थोरै संख्यामा उपस्थिति आदिवासी जनजाति महिला, र दलित सञ्चारकर्मीहरूको संख्यामा वृद्धि नभएसम्म सञ्चारजगत स्वर्यभित्र लोकतान्त्रीकरण नहुने धारणा अघि सार्नुभएको छ।

नेपाली पत्रकारिताको परिभाषालाई निकै संकुचन रूपमा बुझ्ने र अथ्र्याउने गरेको पाइएको छ।नेपाली भाषामा गरिने पत्रकारिता मात्र नेपाली पत्रकारिताको दायरामा सीमित गर्ने परिपाटीलाई तोडेर नेपालमा बोलिने सबै राष्ट्रभाषा (मातृभाषा) बाट गरिने पत्रकारितालाई पनि नेपाली पत्रकारिताको परिभाषाभित्र समेटिनु पर्दछ।सञ्चारको पछिल्लो सिद्धान्त सामाजिक उत्तरदायित्वको सिद्धान्तको व्याख्याता डेनिस म्याक्वेलका अनुसार सञ्चार क्षेत्र समग्रमा बहुलवादी हुनुपर्छ र यसमा आफ्नो समाजको विविधता प्रतिम्बित हुनका साथै विभिन्न विचार र दृष्टिकोणलाई स्थान दिइनुपर्दछ। यस आधारमा अहिलेको नेपालमा समावेशीकरणलाई तीन आयामको अभ्यास, प्रवद्र्धनले समाजिक उत्तरदायित्वलाई टेवा पु¥याउनेमा कसैको दुईमत हुन सक्दैन।

सञ्चार माध्यमको अन्तर्वस्तु निर्माणमा सञ्चार माध्यमको स्वामित्व, पहुँच, नीति र केहीहदसम्म व्यक्तिको सक्रियताले भूमिका निर्वाह गर्ने गर्दछ।नेपालको सन्र्दभमा समावेशीकरणको खासै नीति नभएको स्थितिमा समाचारको अन्तवस्तु निर्धारण पत्रकारको सामाजिक पृष्ठभूमि, सामाजिक सम्बन्ध र व्यक्तिगत मान्यताले प्रभाव परेको स्थितिमा सञ्चार माध्यम सबैको फुलबारी बन्न महिला, दलित, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र वर्गलगायतको सुमुचित उपस्थितिलाई प्रोत्साहित गर्ने हो भने समावेशीकरणको दिशामा ठूलो फरक पार्नेछ।
उपसंहार
नेपाली पत्रकारिताको व्याख्या र बुझाईलाई फराकिलो बनाउन उपयुक्त नीति बनाउन उचित पहलकदमी लिनु आवश्यक रहेको छ । संविधानको उपर्युक्त धाराको व्यावहारिक रूपमा कार्यान्वयन गर्न सहयोग हुने समेतलाई दृष्टिगत गर्दै मातृभाषाको पत्रकारिताको विकास र विस्तारको लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक रहेको छ।विभिन्न मातृभाषा र लिपिमा निस्किएका सामुदायगत र क्षेत्रगत पत्रिकाहरूलाई संरक्षण र प्रवद्र्धनको लागि नीति बनाउनुपर्छ।मातृभाषा पत्रकारिताका लागि लोककल्याणकारी विज्ञापन वितरण, सञ्चार अनुदानलगायतका विषयहरूमा प्राथमिकता प्रदान गर्नुपर्दछ।स्थानीय समुदायलाई सम्बोधन हुने प्रचार सामग्रीहरू स्थानीय सञ्चार माध्यम, त्यसमा पनि लक्षित समुदायले बुझ्ने भाषाको प्रयोगलाई प्राथमिकताका साथ ध्यानमा राखेर वितरण हुनुपर्दछ ।

नेपाली राज्यको चरित्रलाई एकात्मकबाट संघात्मक रूपँन्तरण हुनुमा तीन वटा मुख्य लक्ष्य निहित थियो।पहिलो नेपाली समाजको विविधता, बहुलताको व्यवस्थापन गर्ने, दोस्रो पूर्ण लोकतन्त्र अर्थात लोकतन्त्रलाई जनताको घरआगँनसम्म विस्तार गरेर अपनत्व अनुभूत गराउन र तेस्रो विकासको लागि हुन्।मुलुकको राज्यको स्वरूप संघीय भइसकेपछि समावेशी पत्रकारिता अझ टड्कारोको विषय बनेको छ।नेपालको संविधान मार्फत् संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी कार्यान्वयन भइरहुँदा अबको राष्ट्रिय लक्ष्य सामाजिक न्याय,समावेशी लोकतन्त्र र राज्यको अंङ्ग र निकायमा सबैको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चित गराउनु नै हो ।

राज्यका स्रोत र साधनमा पहुँच, प्रतिनिधित्वबाट वञ्चित गराइएका वा हुन पुगेका विभिन्न समुदाय र क्षेत्रलाई त्यस्ता स्रोत र साधन तथा सेवा सुविधा पाउनका लागि समान रूपले सहभागी हुन पाउने नीति वा प्रक्रिया नै समावेशीकरण हो।पूर्ण प्रेस स्वत्रन्ताको उच्चतम अभ्यास गराउन नेपाली पत्रकारिताको क्षेत्रमा विविधतालाई प्रतिम्बित गर्ने गरी समावेशी हुनु आवश्यक रहेको छ।सञ्चार क्षेत्र सार्वजनिक र यसमा सबै पहुँच हुनुपर्दछ।लोकतान्त्रिक मुलुकहरूमा सबै समुदायको भूमिकालाई बलियो बनाउन सञ्चार माध्यमको बहुलवादी स्वरूप प्रदान गर्ने गरेका हुन्छन् ।समावेशीलाई बलियो रूपमा स्थापित गर्न मातृभाषाको पत्रकारिताको विकासले पत्रकारितामा सबैको पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने मात्र नभई प्रेस स्वतन्त्रतालाई अकुण्ठित बनाउने छ।समावेशीले प्रेसको अवधारणाले मात्र प्रेस स्वतन्त्रता अकुण्ठित रहने छ।औपचारिक समानता मात्र नभई सारभूत समानताको सञ्चार माध्यमको समावेशीकरणले महत्व भूमिका निर्वाह गर्ने छ।सामाजिक रूपान्तरणमा वस्तु माध्यम बन्नेछ।