![](https://newsofnepal.com/wp-content/uploads/2023/12/puskar-chand-shrestha.jpg)
कामना न्यूज पब्लिकेसन्स् प्रालि ३९ वर्ष पूरा गरि ४० औं वर्षमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । कामना पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रपछि नीजि क्षेत्रबाट संचालित पहिलो पब्लिकेसन्स् हाउँस हो । यो पब्लिकेसन्स्ले शुरुका दिनमा नेपालमा एउटा फिल्म मुस्किलले बन्ने बेलामा बरिष्ठ पत्रकार स्व.पुष्करलाल श्रेष्ठको नेतृत्वमा रंग पत्रकारिताबाट शुरु भएको हो । उहाँको योगदान, सघर्ष, टीमवर्कको विश्वासकै कारण कामना पब्लिेकेसन्स् सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने एउटा पत्रकारिताको नमूना बन्न सफल भएको छ । यो नेपालको पत्रकारिता क्षेत्रको विश्वविद्यालय नै भन्दा पनि फरक पर्दैन । आज अधिकांश ठूला संचार गृहमा कामना प्रकाशनबाट उत्पादित पत्रकार नभएको ठाउँ छैन ।
कामना प्रकाशनले कामना, साधना, महानगर, नेपाल समाचारपत्र, न्यूज अफ नेपाल क्रमश समय सापेक्ष प्रकाशनहरु थप गर्दै निष्पक्ष पत्रकारिताको छवि बनाई सुशासन मार्फत देशको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम, विधिको शासनमा हुनुपर्ने कुरा औल्याई कतिपय अवस्थामा स्वास्थ्य नीति बनाउँन समेत महत्वपूर्ण योगदान गरेकोछ । कामना प्रकाशनले पत्रकारिताका लागि गरेका सघर्षपूर्ण कार्यहरु प्रशसनिय र अनुकरण गर्नुपर्ने छन् ।
देशका विभिन्न तह र तप्कामा रहेर के कस्तो स्वास्थ्य सेवा भएका छन,हुनुपर्छ र राज्यको भूमिका के भएको छ र के हुनुपर्छ भन्ने बिषयमा नीति निमार्ण तहलाई नै साथ र सहयोग पुग्ने गरि विषय उजागर गर्दै आएकोछ । भविष्यमा पनि यो प्रकाशनबाट प्रकाशित हुने हरेक पत्रिका, अनलाईन मार्फत स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, राजनीतिक,साँस्कृतिक विकासमा शसक्त योगदान पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्दछु ।