काठमाडौँ।
सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द छन् ।
एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेको छ ।
प्रतिक्रिया