बलान बिहुलमा २ राउण्ड गोलिसिहत कटुवा पेस्तोल बरामद

0
Shares

काठमाडौँ।

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट आइतबार राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बिओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरुले बोकेको कपडाको पोका सोही ठाउँमा छाडी फरार भएपछि सो पोका चेक जाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको हो ।

बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाईएको प्रहरीले जनाएको छ ।