हिजाजी र फोफानाको गोलमा धनगढीको जित

0
Shares

काठमाडौं।

वैकल्पिक रूपमा मैदानमा उत्रेका अहमद हिजाजीले अन्तिममा गोल गरेपछि धनगढी एफसीले जारी नेपाल सुपर लिगमा जितबाट सुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराएको हो । हिजाजी फालोउको स्थानमा ६२औं मिनेटमा मैदानमा आएका थिए ।

खेल बराबरीमा सकिने संकेत गरिरहेको अवस्थामा हिजाजीले वीरगञ्जका गोलकीपर दीप कार्कीलाई छल्याउँदै बललाई गोलपोस्टमा प्रहार गरेका थिए । यसअघि, फोडे फोफानाले गोल गर्दै गत संस्करणको उपविजेता धनगढ्रीलाई १–० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् वीरगञ्जले खेल १–१ बराबरीमा पु¥याएको थियो । पेनाल्टी गोल हान्स क्वोफीले गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै धनगढीले सुन्दर मुभ बनाएर गोल गर्न सफल भएको थियो । आशिष चौधरीले दिएको पासलाई ओलावाले आफिजले फोफानातिर बल क्रस गरे । उक्त क्रसलाई फोफानाले खेर जान दिएनन् र गोल गरे । खेलको नवौं मिनेटमा वीरगञ्जका विलियम असिएडुको प्रहार ब्लक भयो । १२औं मिनेटमा भीषण गुरुङको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

१३औं मिनेटमा आशिष चौधरीको बायाँ फ्लान्कबाट भएको प्रहारले पोस्टको दिशा लिन सकेन । १६औं मिनेटमा आशिषकै क्रस दीप कार्कीले फर्काए, तर त्यहाँ रिबाउन्डमा प्रहार गर्न कोही पुग्नुअघि दीपले नै क्लियर गरे । यहाँ पनि धनगढी गोल गर्न चुकेको थियो ।

पहिलो हाफको अन्त्यतिर वीरगञ्जले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पायो । फलु डियाग्नेले गरेको कर्नर प्रहारलाई देवेन्द्र तामाङले क्लियर गर्न खोजे, तर, बल फालोउको हातमा छोयो । रेफ्री प्रज्वल क्षेत्रीले धनगढीविरुद्ध पेनाल्टी संकेत गरे । पेनाल्टीमा क्वोफीले कुनै गल्ती गरेनन् । उनले गोलकीपरको बायाँतिर बल प्रहार गरेर गोल गर्दा गोलकीपर दीप उल्टो दिशामा थिए ।

५४औं मिनेटमा ओलावालेले वान अन वान मौका पाएका थिए तर उनले सट लिनुअघि दिवाकर चौधरीले क्लियर गरे । ५८औं मिनेटमा आशिष चौधरीको वान अन वान मौका सीमान्त थापाले विफल पारे ।

६५औं मिनेटमा ओवेड ओसुवुको लामो दूरीको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५औं मिनेटमा वीरगञ्जकै समाला गुस्टाभोको प्रहार धनगढी गोलरक्षक मोहम्मद ताहाले फुस्काए । तर, कुनै खतरा भने रहेन । ८७औं मिनेटमा आशिष चौधरीको प्रहारले पनि दीपलाई कुनै समस्या दिन सकेन ।

८९औं मिनेटमा भने धनगढीले गोल गर्दै जित हासिल ग¥यो । कृतिश रत्न छुन्जुको पासमा हिजाजीले गोल गर्दै अन्तिम समयमा वीरगञ्जको हात बाट एक अंक खोस्दै आफ्नो टोलीका लागि तीन अंक सुनिश्चित गरे । आज हुने खेलमा झापा एफसीले स्पोर्टिङ्ग मेची डे इलामको सामना गर्नेछ ।