कांग्रेसकाे प्रथम जिल्ला सम्मेलन हुने 

0
Shares

नवलपरासी। 

नेपाली कांग्रेस पूर्वी नवलपरासीले शीर्ष नेताहरूकाे उपस्थितिमा  जिल्ला  सम्मेलन गर्ने भएको छ ।
देवचुलीकाे दलदलेमा पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज   जिसीले पार्टी विधान अनुसार प्रथम जिल्ला सम्मेलन गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

स्थानीय सहारा पार्टी प्यालेसमा मंसिर ११ मा हुने जिल्ला सम्मेलनलाई सम्वाेधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला, महामन्त्री द्वय गगन थापा,विश्व प्रकाश शर्मा, डा. शशांक  लगायतका शीर्ष नेताहरू आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सम्मेलनमा शीर्ष नेताहरूकाे आगमनले नेपाली कांग्रेस भित्र अधिवेशनमा नेतृत्वका लागि समूहगत उपस्थिति देखिए पनि पार्टी सञ्चालनमा कार्यगत एकताको संदेश सबै माझ पुग्ने बताइएको छ ।

नेपाली कांग्रेसले चाैधाैं अधिवेशनसंगै बिधानले निर्देशन गरे अनुसार वडादेखि केन्द्रसम्म सम्मेलन गरी  पार्टी गतिविधिलाई चलायमान बनाई राख्ने पद्धति अवलम्बन गरेको छ ।

सम्मेलनले पार्टीको नीति कार्यक्रम, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै सहभागीले उठान गरेका जिल्लाकाे बिकास मुद्दाहरूलाई लिपि बद्ध गरी प्रदेश मार्फत केन्द्रमा पठाउने छ ।

नवलपरासी पूर्व स्थित  ९२ वडाका १ हजार ९ सय ७२ नेपाली कांग्रेसमा आबद्ध  क्षेत्रीय प्रतिनिधिले सम्मेलनमा भाग लिने जनाइएको छ ।