दिल्ली उडेको विमान आधा घन्टामा काठमाडौं नै फर्कियो

0
Shares

काठमाडौँ।

त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ।

एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो।

आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।