पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित विदेशी नागरिक पक्राउ

0
Shares

काठमाडौं ।

पोखरा महानगरपालिका- १४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट लागुऔषधसहित एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलको प्रस्थान कक्षमा अवैध लागुऔषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथालाई पक्राउ गरेको हो।

उनको साथबाट लागुऔषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।