बलात्कार कसुरमा  १२ वर्ष कैद सजायको फैसला

0
Shares

धादिङ । 

१५ वर्षीय एक बालिका बलात्कार गरेको आरोपमा थुनामा रहेका गोरखा जिल्ला सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जाेक श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० मंसिर ८ गतेकाे इजलासले आरोपित श्रेष्ठलाई सजाय गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

०७९ कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कसुरदार श्रेष्ठलाई १२ वर्ष कैदका साथै ५ लाख जरिवाना गरी पीडितलाई ५ लाख क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ ।

०७९ कात्तिक १२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित परिवारले ०७९ कात्तिक १५ गते  जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा साेहिदिन गिरफ्तार गरी जबरजस्ती करणी मुद्दा चलाएको थियो ।

निलकण्ठ नगरपालिका–८ को एक होटलमा फकाएर बोलाई ०७९ कात्तिक १२ गते बलात्कार गरेको पीडित पक्षले जनाएकाे छ । पीडितको स्वस्थ्य परीक्षण कात्तिक १५ गते धादिङ अस्पतालमा गरिएको थियो । जिल्ला अदालतकाे १९ पेशी पछि मुद्दा फैसला भएको हाे ।