जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या

0
Shares

जुम्ला।

जुम्लाको कनकासुन्दरीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ।कनकासुन्दरी-३ ओखरपाटकी अन्दाजी ३५ वर्षीया अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ।

जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार प्रारम्भिक अनुसन्धानमा सोही गाउँका श्यामबहादुर बुढाले बन्चरो प्रहार गरेर ती महिलाको शुक्रवार १२ः३० बजे हत्या गरेको बताए।

उनका अनुसार प्रहरी घटनास्थलतिर लागिसकेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावलको नेतृत्वमा टोली पनि सो क्षेत्रमा लागेको हो।

प्रहरीका अनुसार बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्तिसमेत प्रहरीले समातिसकेको छ।