विद्युत काटेर दिनभर घरमा थुनियो : दुर्गा प्रसाईं

0
Shares

काठमाडौं ।

 मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शनिवार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्।

शुक्रवार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले शनिवार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्।

शनिवार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईँले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए।

उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए। ‘कतै मैले एक दिन तपाईँलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईँ हेक्का राख्नुहोस्,’ उनले भने।

उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्ड ज्यू तपाईँलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईँ हो। दुर्गा प्रसाईँले ज्यान दिएको छ। यही घरमा हो तपाईँले कुनै दिन चिया खाएको। यही घर तपाईँले आज अन्धकार बनाउनुभएको छ।’