जीपको ठक्करबाट मोटरसाइकलमा सवार खनालको मृत्यु

0
Shares

 बुटवल । 

बुटवलमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको ज्यान गएको छ । बुटवल बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किँदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ वर्षीय  शालिग्राम खनालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोख्रेल गम्भीर घाइते भएका छन् ।

पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप र चालक जितेन्द्र बानियाँलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ  ।