प्रहरी धरपकड प्रति कमल थापाको आपत्ति

0
Shares

काठमाडौँ। 

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकड प्रति आपत्ति जनाएका छन् ।

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन ।

 ‘शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्नपाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौँमा  जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भर्त्सना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रशासनिक दमनबाट होइन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’