दुई फरार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय  उदयपुरको गस्ती टोलीले बिहीबार दुई जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी  कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जारी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १५ दिन कैद  र १ हजार रुपैयाँ  जरिमाना तोकिएका बेलका नगरपालिका ३ बस्ने महेन्द्र कुमार राई र सोही नपाको वडा नं ४ बस्ने मायादेवी बस्नेतलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको हो ।

उनीहरु दुबै जना आ आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।