उपप्रमुख डंगोलको अध्यक्षतामा २९ औँ महानगर दिवस मूल समारोह समिति

उपसमिति गठन गरेर जिम्मेवारी वाँडफाँड


काठमाडौँ ।

२९ औँ महानगर दिवस मनाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ । बुधबार उपप्रमुखको कार्यकक्षमा बसेको बैठकले समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र कार्यपालिका सदस्यहरु रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्य सचिवमा प्रशासन विभागका प्रमुख दिपक अधिकारी छन् ।

दिवसका अवसरमा सञ्चालन गर्नु पर्ने कामलाई व्यबस्थित बनाउन ४ वटा उपसमिति गठन गरेर कामको बाँडफाँड गरिएको छ । यसरी गठन भएका समितिहरुमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा विपद व्यवस्थापन विभागका प्रमुख प्रेम थापा, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारी र सूचना प्रविधि विभागका प्रमुख महेश काफ्ले रहेका छन् ।

कार्यक्रम स्थल तय गर्ने, प्रमुख अतिथि, अतिथिसहित आमन्त्रित व्यक्तित्वहरुको सूची तयार पार्ने, अतिथिहरुलाई निमन्त्रणा गर्ने, खाजा खानाको प्रबन्ध गर्ने, व्यानर प्रमाण पत्र लगायत छपाई गर्नु पर्ने सम्पूर्ण सामग्रीको छपाइ गर्ने उपसमितिलाई जिम्मेवारी दिइएको छ ।

प्रवक्ता नविन मानन्धरको संयोजकत्वमा सम्मान तथा पुरस्कार उपसमिति गठन गरिएको छ । कार्यक्रममा सम्मान प्राप्त तथा पुरस्कार प्राप्त गर्ने, जनप्रतिनिधि, कर्मचारी, करदाता, विभिन्न संस्था, सञ्चारकर्मी तथा पत्रकारहरुको सूची तयार गर्ने तथा मापदण्डबमोजिम छनोट गर्ने जिम्मा यो उपसमितिलाई दिइएको छ । उपसमितिको सदस्यहरुमा राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, सहकारी विभागका प्रमुख बलराम त्रिपाठी, राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले र प्रशासन विभागका प्रमुख दिपक अधिकारी छन् ।

दिवसका अवसरमा प्रतियोगिता सञ्चालन गर्न विधायन समितिका संयोजक मचाराजा महर्जनको संयोजकत्वमा उपसिमिति गठन भएको छ । उपसमितिको सदस्यहरुमा, सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी., शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, सामाजिक विकास विभागका प्रमुख बिमला कोइराला, स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र शिक्षा विभागका प्रमुख सीताराम कोइराला छन् ।

दिवसका अवसरमा विद्यालय तथा अन्य क्षेत्रमा हुने प्रतियोगिताको क्षेत्र र मिति निर्धारण गर्ने, प्रतियोगिता सञ्चालन व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सांस्कृतिक तथा सम्पदा संरक्षण कार्यक्रम उपसमिति गठन गरिएको छ । उपसमितिले गुरु सम्मान, सांस्कृतिक कार्यक्रम तथा अन्य सम्पदा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन व्यवस्थापन गर्ने उपसमितिलाई दिइएको जिम्मेवारी हो ।

यस उपसमितिमा वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार, कृषि, सहकारी, तथा पशुपंक्षी व्यवस्था समितिका संयोजक रामजी भण्डारी, सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना शाक्य श्रेष्ठ, महानगर प्रहरी बलका प्रतिनिधि र पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान सदस्य छन् ।

उपसमितिहरुले आफू मातहतमा हुने कार्यक्रम तर्जुमा गरेर मूल समारोह समितिमा पेश गर्नेछ । मूल समारोहबाट पारित भएका कार्यान्वयनमा आउनेछन् ।