श्रीमान-श्रीमती मृत फेला

0
Shares

भद्रपुर।

झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । श्रीमान ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेका हुन् ।

जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सुवासले लेखेको सुसाइड नोटसमेत फेला परेको उहाँले जानकारी दिए । श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको कुरा सुवासले त्यहाँ उल्लेख गरेको बताइएको छ।

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेका थिए । सुवासका दाजुलगायतले राति ११ बजे घरमा उनीहरुको झगडा मिलाएका थिए ।त्यसपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए । लिम्बू दम्पत्तिका तीनजना नाबालक छोराछोरी रहेका छन् ।