प्रदेश खेलकुद परिषद्ले माग्यो रंगशालाभित्र भाडामा रहेका फर्मको सम्झौतापत्र



पोखरा।

गण्डकी प्रदेश खेलकुद परिषद्ले (प्रखेप) पोखरा रंगशालाभित्र भाडा लिई प्रयोग गर्दै आएका फर्महरुको सम्झौता पेस गर्न पत्राचार गरेको छ । प्रखेपले बुधबार पत्राचार गर्दै सात दिन भित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेस गर्न भनेको छ । पोखरा रंगशालाभित्रको जग्गा तथा संरचना लामो समयदेखी भाडामा लिएपनि त्यसको अख्तियारी के कसो हो भनी प्रखेपले जिल्ला खेलकुद विकास समितिलाई तत्कालै जवाफ मागेको हो । प्रखेपले चमेना गृह, ओम बुद्ध नर्सरी, वुल्समेन क्लव, रसुवा कन्स्ट्रक्सन् प्रा.ली र नेपाल फिजिकल एसोसिशन पोखरा र पोखरा रंगशालाबीच भएको सम्झौता र भाडाको प्रमाण पेस गर्न भनेको छ ।

पोखरा रंगशालाभित्र भाडामा के कसरी सञ्चालन भएको भन्ने जानकारी प्रखेप सँग नभएको र आधिकारिक के हो भन्ने विषयमा बुझ्नका लागि भाडा सम्झौताको विवरण उल्लेख गर्न भनिएको बताए । ‘यहाँ भाडाबारेमा पनि धेरै कुरा आएका छन् । हामीले त्यसको छानबिन गर्नका लागि पनि यस्तो कदम चालेका हौं । वास्तविकता के हो सम्झौताको प्रमाण आएपछि थाहा हुनेछ’ शर्माले भने, ‘एका दुईले लामो समयदेखी भाडा दिएको छैन भन्ने पनि सुन्नामा आएको छ । सम्झौता अनुरुप नभएमा सात दिन पश्चात कारबाही गर्ने उनले बताए । सञ्चालित फर्महरु कानुन विपरीत भए हटाउने शर्माले सुनाए । खेलकुद विकास ऐन अन्तरगत प्रदेशको अधिकार प्रयोग गर्दै आफुहरुले काम गरिरहेको उनले बताए ।

यस्तै प्रदेशले उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय कास्कीलाई लेखेको छ । पत्रमा भनिएको छ, ‘यस परिषदको भौगोलिक कार्य क्षेत्रभित्र पर्ने पोखरा रंगशालाको हाताको भौतिक संरचना (भवन, ट्रष्ट, जग्गा आदि) मा तपाई÷त्यस फर्मले प्रयोगमा लिई क्यान्टिन÷जिम÷नर्सरी÷ट्रेनिङ कार्य, निर्माण सामाग्री राख्ने कार्य समेत सञ्चालन गरी रहेको बुझिन आएकोले यदि प्रयोग गरिएको हो भने के कसरी प्रयोग गरी रहनु भएको हो ? तपसिलको विवरण यस पत्र प्राप्त मितिले सात दिन भित्र विवरण पुष्टी हुने कागजातको प्रतिलिपि सहित जानकारी गराउनुहुन अनुरोध छ ।’ पोखरा रंगशालामा सञ्चालित नेपाल फिजिकल एसोसिशन, वुल्समेनले भाडा दिएका छैनन् ।

वुल्स मेन क्लब नियम विपरीत रहेको छ । बुल्स जिमलाई ०७१ मा पाँच वर्ष प्रयोग गर्न पाउने भनी सम्झौता गरेको थियो । ०७६ मा १० वर्षका लागि बुल्समेनलाई हल भाडामा दिएको हो । पोखराका उत्तम उदासले ०६५÷६६ मा बुल्स जिम सञ्चालन गरेका थिए । दत्त परिवारसँगको सम्झौता सकिएपछि ०७१ मा सुमन देवकोटा अध्यक्ष रहेको समितिले पाँच वर्षका लागि मासिक ११ हजार भाडा लिने गरी उदासलाई भवन भाडामा दिएको थियो ।

२०७९ फाल्गुण १ गतेदेखि २ वर्षका रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा. लि. लाई राष्ट्रिय खेलकुद परिषद्ले जग्गा प्रयोगको स्वीकृत दिएको यस अघि क्षेत्रीय खेलकुद विकास समितिसँग माग गरिएको सूचनामा उल्लेख छ । आव ०७९÷०८० मा पोखरा रंगशालाबाट १७ लाख १३ हजार एक सय १० रुपैयाँ आम्दानी तथा १६ लाख एक हजार एक सय ८३ रुपैयाँ खर्च भएको सूचनामा छ ।

प्रतिक्रिया दिनुहोस्