संकटकाल बिर्साउने राजमार्ग सुरक्षा जाँचले सास्ती 

0
Shares

धादिङ। 

काठमाडौँमा मंसिर ७ गतेकाे प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँ ठाउँमा गरिएको सुरक्षा जाँचका कारण संकटकालमा जसरी यात्रुले सास्ती खेपेका छन् ।
संविधानमा उल्लेखित अधिकार हनन् हुनेगरि स्वतन्त्र पूर्वक हिडडुलगर्न समेत नदिने गरी सुरक्षा जाँच गरिएको हो ।

ससस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले धादिङको मझिमटार, गल्छी, फुर्केखाेला, खानीखाेला लगायतका स्थानमा एकठाउमा जाँच गरिएको यात्रुलाई ठाउँ ठाउँमा जाँच गरिएको हो ।

 युवा संघ र दुर्गा प्रसाईँको छुट्टाछुट्टै प्रदर्शन काठमाडौँमा राखिएपछि मंसिर, ५ र ६ गते राजमार्गका ७ ठाउँमा यात्रु जाँच गरिएको र प्रदर्शनमा जान लागेको भनिएकाहरुलाई फर्काइएको गल्छीका स्थानीय संचारकर्मी सन्दीप घिमिरेले जानकारी दिए ।

गल्छीमा मोटरसाइकल र मालवाहक ट्रकहरु जाँच गरिएको छ भने मझिमटारमा यात्रुबहाक बस र खानीखाेलामा निजि सवारी साधन जाँच गरेर हातहतियार र लाठिभाला काठमाडौँमा लान नदिनेगरि सुरक्षा जाँच गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अराजक जस्तो शंका लाग्नेहरुलाई सुरक्षा जाँचको क्रममा फर्काइएको मिस्र को भनाई छ ।

 

युवासंघले काठमाडौँमा हुने प्रदर्शनमा युवाहरुलाई काठमाडौँ लान केही यात्रु बस मंसिर ७ गतेका लागि रिजर्भ गरेकाे छ । राजमार्गमा गरिएको सुरक्षा जाँचका कारण रिजर्भ बस लान नसकिने देखिएपछि मंसिर ६ गते काठमाडौँ जान थालेकाे युवासंघका किरण पाठकले जानकारी दिए ।

धादिङको सिमाना नागढुंगामा भने सुरक्षा जाँचका कारण सवारीसाधनको ४ किलाेमिटरसम्म लाम लागेको छ ।