पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन : ओली

0
Shares

काठमाडौँ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पार्टीको अभियानपछि आन्दोलनकारी नयाँ ढंगले अघि बढ्नुपर्ने देखेको छु,” उनले भने ।

उनले राति पार्टी प्यालेसबाट महिला निकालेको घटनामा आफूहरुको कुनै संलग्नता रहेको बताउँदै भने,“अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन । मैले फोन गरेर पनि सोधेँ ।”