मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ।

मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

चितवन ईच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौंको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौंकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश ०२-०३१ प ३९ २९ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका १६ म्हेपी स्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न २ जनालाई गणबहालबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर पठाइएको छ।