रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट



लोकप्रिय गायक, संगीतकार तथा अभिनेता स्व. रबिन तामाङको सम्झनामा उनको सांगीतिक ब्यान्ड रबिन एन्ड द न्यू रिभोल्युसनले राजधानीमा सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने भएको छ।

गायक तामाङको निधनपछि ब्यान्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवक (पीभीई) को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक ब्यान्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ। एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक एक्सिस लाइभ इन काठमाडौंमार्फत आफ्नो गीत सुनाउन लागेको हो।

ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरू मुस्कान, अधुरो प्रेम, मेरो प्रेम, सात समुन्द्र पारी र पछिल्लो रिलिज गीत पाइला सुनाउनेछ।कार्यक्रममा रबिन एन्ड द न्यू रिभोल्युसनका सदस्यहरूसँग मिलेर अन्य गायकले नेपाल, भुलमा भूल्यो, केटाकेटी, दम मरु दम, चिसो चिसो, जति माया लाए पनिलगायतका गीत पनि सुनाउनेछन्। गायक रबिनको गत जुलाई ४ मा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्