हेरिटेज पेजेन्ट शुरु

0
Shares

सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्बद्र्धन र प्रवद्र्धनमा योगदान गर्ने भन्दै आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिकरूपमा शुरु भएको छ।

थाइल्यान्डको राजधानी बैंककमा नेपाललगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब ५० सहभागीलाई उनीहरूको देशको पहिचान झल्काउने स्यास प्रदान गरेसँगै प्रतियोगिताले गति लिएको हो। स्यास प्रतियोगिताका आयोजक संस्था ई–प्लानेट सिंगापुर पीटीई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए। प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुटसमेत भइसकेको छ।

यसैगरी, सहभागीबीच मित्रता, एक अर्काको संस्कृति र परम्परालाई बुभ्mने बुझाउने कल्चरल उपहार आदान–प्रदान कार्यक्रम तथा वातावरणीय महत्त्व उजागर गर्ने कार्यशालासमेत सम्पन्न भएको छ। जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदानबारे कार्यशाला सम्पन्न भएको हो। कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन्। यसबाहेक कल्चरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्यान्डको ऐतिहासिक शहर आयुथयाको भ्रमणलगायतको गतिविधि सञ्चालन भइरहेको आयोजकले जनाएका छन्।

ई–प्लानेट सिंगापुर पीटीई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाइल्यान्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सञ्चालन हुँदैछ। प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगी विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा नेपालबाट मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३ विजेता आजमा महर्जन र लिली महर्जन सहभागी छन्। प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतीकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन्।