नेपाल र यमनबीचको खेल बेलुकी ७ बजे हुने



काठमाडौं । 
नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणको खेलमा आज यमनसँग खेल्दैछ । यो खेल बेलुकी ७ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि हरेक खेल साँझ ५ बजे वा साढे ५ बजे संचालन गर्दै आएको थियो ।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा खेललाई बेलुकी ७ बजे गर्न लागेको एन्फाले बताएको थियो । अनेसेले विदेशको तुलनामा नेपालमा टिकट मुल्य सस्तो भएकाले पनि रंगशालामा दर्र्शक बढी आउन सक्ने बताएका थिए । साथै उनले दर्शक रंगशालामा आएर खेल हेरिदिन पनि आग्रह गरेका थिए ।

खेल अबेरसम्म चल्न सक्ने भएको हुँदा एन्फाले समर्थकका लागि बसको पनि व्यवस्था गरेको छ । यसका लागि टिकटको अर्धकट्टी देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्