स्रोत नखुलेको रकमसहित काठमाडौँबाट दुईजना पक्राउ

0
Shares

काठमाडौं।

काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।