दक्षिण अमेरिकाकी सेनिस मिस युनिभर्स

0
Shares

काठमाडौँ।

अमेरिकाको एल–साल्भाडोरमा सम्पन्न ७२औं मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्।
दक्षिण अमेरिकी मुलुक निकारागुआले मिस युनिभर्सको उपाधि चुमेको पहिलो अवसर हो।

आमसञ्चारमा स्नातक गरेकी २३ वर्षीया पलासियोस टेलिभिजन होस्टसमेत हुन्। उनलाई गत वर्षकी मिस युनिभर्स आर बोनी ग्राबिएलाले ताज पहिरिदएकी थिइन्।

प्रतियोगिताको अन्तिम चरणमा ‘यदि, तपाईं एक वर्ष अर्की कुनै महिलाको भूमिकामा बाँच्न पाउनुभयो भने कसलाई रोज्नुहुन्छ र किन ?’ भन्ने प्रश्नको उत्तरमा उनले आफू महिला अधिकार अभियान्ता र महिलावादकी प्रणेता मेरी बलस्टोनक्रयाफ्टको जीवन बाँचेर अन्य धेरै महिलालाई अवसर दिलाउने बताएकी थिइन्। उक्त उत्तरले नै उनलाई मिस युनिभर्सको उपाधि जितायो।

उनले सन् २०१६ मा मिस टिन निकारागुआ र सन् २०२० मा मिस वल्र्ड निकारागुआको उपाधि समेत चुमेकी थिइन्

त्यस्तै, थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर्सअप भइन् भने अस्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनर्सअप घोषित भइन्। यस वर्षको यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।