नेपालकी जेन दीपिकालाई पहिलो प्लस साइज मोडलको कीर्तिमान

0
Shares

काठमाडौँ।

मिस युनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि उनको यात्रा अन्तिम २० मा पुगेर टुंगियो। दीपिकाले प्लस साइज मोडलको रूपमा सौन्दर्यको मापदण्डलाई तोड्दै मिस युनिभर्समा सहभागिता जनाएको सीएनएनलगायत विश्वप्रतिष्ठित सञ्चार माध्यमले चर्चा गरेका छन्। यसभन्दा अघि सन् २०१८ मा मनिता देवकोटा मिस युनिभर्सको अन्तिम १० मा छनोट भएकी थिइन्।

दीपिका मिस युनिभर्समा पहिलो प्लस साइज मोडलको कीर्तिमान रच्न भने सफल भइन्। यसका लागि उनको आत्मविश्वासले पनि चर्चा पाएको छ। मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको खुलेरै प्रशंसा भएको थियो। इन्टरडक्सनद, नेसनल कस्ट्युमदेखि स्विमसुट राउन्डसम्ममा उनको उपलब्धि हेरेर उनी फाइनलिस्ट बन्ने आशा गरिएको थियो।

‘संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको स्टेरियोटाइप (परम्परागत मापदण्ड) तोड्न पाउँदा गर्व गर्छु। न्याँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई कदर गर्नेछु’

प्रतिस्पर्धापछि सामाजिक सञ्जालबाट खुसी बाँड़दै दीपिकाले लेखेकी छन्।