समर्पण थाइल्यान्डको प्रतियोगितामा भिड्दै

0
Shares

मिस्टर नेपाल विजेता समर्पण जंग कार्की थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर ग्लोबल २०२३ मा नेपालको प्रतिनिधित्व गर्न त्यसतर्फ लागेका छन्।

कार्की नेपाली कला संस्कृतिसहित प्रतियोगितामा सहभागी हुन लागेका हुन्। प्रतियोगिताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन्। कार्कीले यसपटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्यसहित आफू सहभागी हुन लागेको बताए।

पेशाले पाइलट कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो। प्रतियोगिताको फाइनल २६ नोभेम्बरमा हुँदैछ।