भीरबाट लडेर एक जनाको मृत्यु

0
Shares

लमजुङ।

मर्स्याङ्दी गाउँपालिका-३, थाकनका ४८ वर्षीय लेखबहादुर गुरुङको भीरबाट लडेर ज्यान गएको छ।

भीरबाट लडेर सख्त घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।

तिहार भाइटीकाको भोलिपल्ट बिहीबार उनी बाख्रा चराउन जंगलमा गएको बेला भीरबाट खसेर गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा नेपाल मेडिसिटी अस्पताल भैंसेपाटी ललितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउने क्रममा बिहीबार दिउँसो साढे २ बजे घरबाट १ किलोमिटर टाढा रहेको जंगलमा रहेका उनी भीरबाट करिब ४० फिट तल खसेका थिए।