पत्रकार अतुल मिश्रलाई नास्ट को ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ 

0
Shares

काठमाडौँ। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ’विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ ।
५० हजार रुपैयाँ नगद र सम्मान पत्रसहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नास्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो ।

तीन  दशकदेखि  पत्रकारिता गर्दै आएका मिश्र २७ वर्ष देखि मुलुकमा मुख्य रूपले विज्ञान र स्वास्थ्य विषयमा कलम चलाउँदै आएका छन् ।

कान्तिपुर दैनिकका ’चीफ सब एडिटर’ र सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टका अध्यक्ष रहेका मिश्र भारत लगायत विदेशी सञ्चार माध्यममा समेत दुई दशक भन्दा बढी समय देखि लेख्दै आएका छन् ।