प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नू

0
Shares

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउँदै सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताएका हुन्। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।

उनले भने, ‘हिजो पेपर बन्द गरिदिन्थ्यो। पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो। यसरी हुँदैन, कयौँ मानिसहरु आत्तिएको जस्तो, सत्ता पनि डग्मगाएको जस्तो। जनताको मन जितेर पो सत्ता टिक्छ त। मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन। जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ। आत्तिनुपर्दैन।’