सवारी दुर्घटनामा युवकको मृत्यु 

0
Shares

दोलखा। 

शनिवार पुष्पलाल राजमार्ग (तामाकोसी– मन्थली सडक) को गोपिखोला नजिक ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा  एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रकको ठक्करबाट बा २९ प ११६२ नम्बरको मोटर साइकलमा सवार दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर– १ भीरकोटका २२ बर्षिय सुशिल माझीको घट्ना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

दुर्घटनामा मोटर साइकलमा सवार अर्का युवक तामाकोसी– १ भीरकोटकै २२ बर्षिय माईकल माझी घाइते भएको प्रहरीले जनाएको छ । घाइते माझीलाई चरिकोट स्थित पुशपति चौलागाई स्मृति अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

दुर्घटनापछि झन्डै चार घण्टा अवरुद्ध भएको पुष्पलाल राजमार्ग मृतकको परिवारलाई नियमानुसार क्षतिपूर्ति दिने र घाइतेको उपचार गरिदिने सहमतिपछि सुचारु भएको प्रहरीले जनाएको छ ।