राइस मिलमा जुवातास खेल्दै गरेका आठ जना पक्राउ

0
Shares

कञ्चनपुर।

भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना शुक्रबार राति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका संचालक पारस भट्ट समेत ८ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद २ लाख ८ हजार ४ सय २६ रूपैयाँ र तास बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।