लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने १४ जना पक्राउ

0
Shares

काठमाडौँ।

काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार नै नियन्त्रणमा लिइएको थियो। आज थप १० जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा, सूर्यमान तामाङ, सुकबहादुर वाइबा, हर्कबहादुर तामाङ, तुलाराम तामाङ, अशोक तामाङ, दिपक तामाङ, मानबहादुर तामाङ, राजमान तामाङ, अन्जु तामाङ, माइली तामाङ, सन्यमाया तामाङ, माया तामाङ र अञ्जी तामाङरहेका छन्।