कोमल वलीलाई मातृशोक

0
Shares

काठमाडौँ।

गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ बजेर ४२ मा निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि बिमारी भएकी ओलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

विसं. १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकर्डिङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।