मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा

0
Shares

दाङ ।

सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताएकी छन् ।

मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राखिन्।

कसैले राजनीतिको माध्यमबाट र कसैले अन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्वार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माको धारणा थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस भनेर सरकार लागिरहेको उल्लेख गर्दै उनले जनस्तरबाट संचालित सस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सन्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताइन् ।

मानव सेवाको पक्षमा सन्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिइन् । पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्दै उनले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताइन् ।