खुकुरी प्रहार गरी फरार रहेका राना पक्राउ

0
Shares

बाँके।

धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा बैजनाथ गाउँपालिका-१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका-११ बस्ने ३० वर्षीय आकाश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २९ वर्षीय मिन बहादुर बिकलाई राना लगायतका व्यक्तिहरूले कात्तिक ३० खुकुरी प्रहार गरी फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले जानकी गाउँपालिका-४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई धकेली भाग्दै गर्दा प्रहरीले फायर गरी उनलाई नियन्त्रणमा लिएको हो ।

घुँडामा गोली लाग्न गई घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रानाविरुद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी समेत दर्ता भएको र २०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागू औषध ब्राउनसुगर मुद्दामा कैद सजाय भई २०७९ भदौ २७ गते कैदमुक्त भएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।