चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड

0
Shares

काठमाडौँ।

नेपालीहरुको ठूलाे चाड विजया दशमी र तिहार सकिएसँगै काठमाडौँ उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु काठमाडौँ उपत्यकाका सडकहरुमा बाक्लै देखिन्छन् ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यका छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा घरबाट काठमाडौँ फर्किनेहरुको चहलपहल बाक्लो देखिन थालेकाे छ ।