टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

0
Shares

काठमाडौँ।

नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता त्रिपाठीका अनुसार रिट पेस भइसकेको छ । दर्ताको प्रक्रियामा छ।

सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

त्रिपाठीको रिट निवेदनमा सरकारको निर्णयले नागरिकको अभिव्यक्तिको हक हनन गरेको र स्वतन्त्रतामा अंकुश लगाउने काम भएको दाबी गरिएको छ।

सरकारले भने टिकटकले विकृति, विस‌ंगति ल्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।