मुगुमा आगलागी हुँदा घर जलेर नष्ट



मुगु।

मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति भएको छ ।
मङ्गलबार साँझ ३ बजेतिर आगलागी हुँदा लक्ष्मी विकको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागी हुँदा लक्ष्मीका छिमेकी दुई जनाको घरमा पनि आगो सल्किदा आंशिक क्षति भएको छायाँनाथ रारा नगरपालिका वडा १० का वडाअध्यक्ष हस्तबहादुर बुढाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय गमगढीलाई आगो नियन्त्रणका लागि जानकारी गराइएको थियो ।

लक्ष्मीको घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपियाँ र गरगहना जलेर नष्ट भएको वडाध्यक्षले जानकारी दिए।
सो घरमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको स्थानीय प्रेम विकले बताए ।

 

प्रतिक्रिया दिनुहोस्