नेपाल संवत् अबको बाटो

0
Shares

 

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १५ वर्ष भइसकेको छ । यस संवत्को प्रयोगका विषयमा ठोस कार्य अघि बढ्न सकेको छैन । हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको दिन सम्बद्ध पक्षले सरकारसमक्ष माग तेस्र्याउने र कार्यकारी प्रमुखले पूरा नहुने आश्वासन दिने प्रवत्तिको पुनरावृति हुने गरेको छ । यस अवस्थामा सर्वसाधारणले नेपाल संवत्को राष्ट्रिय मान्यतापछि अब के भन्ने सहज स्वभाविक प्रश्नको उत्तर नपाउँदा अबको बाटो अन्योलझैं महशुस गर्ने गरेको छ । यसले गर्दा पनि सायद नेपाल संवत्लाई बुझ्ने भन्दा पनि उत्सव मनाउनेतिर बढी ध्यान गएको हो कि ?

खुल्ला र व्यापकरूपमा ¥याली आयोजना गरी नेपाल संवत् नयाँ वर्ष मनाउन थालिएको ४४ वर्ष बितिसकेको छ । ४४ वर्षका दौरान नेपाल संवत् नेपाल संवत् नयाँ वर्ष मनाउने स्वरूपमा निकै फेरबदल आइसकेको छ । धेरै वर्षसम्म आन्दोलन र अभियानको रूपमा मनाउँदै आएको नेपाल संवत् नयाँ वर्ष यसका प्रणेता शंखधर साँख्वालाई राष्ट्रिय विभूति घोषणासंगै उत्सवको रूपमा मनाउने क्रम बढ्दै गएको छ । विगतमा यो उत्सवसंगै सरकारले सम्बोधन गर्नुपर्ने माग, एजेन्डा अघि सार्ने एउटा अभियान थियो । अहिले एजेण्डा गौण र बढी उत्सवको रूपमा परिणत हुँदै गएको छ । नेपाल संवत्का प्रणेता शंखधर साँख्वालाई राष्ट्रिय विभूति र सो संवत्लाई राष्ट्रिय मान्यता पाएपछि यससँग जोडिएको अधिकत्तम माग पूरा भइसकेको बुझाइसंगै यो उत्सवमय बन्दै गएको छ । उत्सवमयका माझ नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएअनुरूप सरकारले गर्नुपर्ने कार्यसूची कार्यान्वयन नहुँदा एउटा औपचारिकतामा मात्र सीमित हुने गरेको छ ।

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १५ वर्ष भइसकेको छ । यस संवत्को प्रयोगका विषयमा ठोस कार्य अघि बढ्न सकेको छैन । हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको दिन सम्बद्ध पक्षले सरकारसमक्ष माग तेस्र्याउने र कार्यकारी प्रमुखले पुरा नहुने आश्वासन दिने पुनरावृति हुने गरेको छ । यस अवस्थामा सर्वसाधारणले नेपाल संवत्को राष्ट्रिय मान्यतापछि अब के भन्ने सहज स्वभाविक प्रश्नको उत्तर नपाउ“दा अन्यौल झैं महशुस गर्ने गरेको छ । यसले गर्दा पनि शायद नेपाल संवत्लाई बुझ्ने भन्दा पनि उत्सव मनाउनेतिर बढी ध्यान गएको हो कि ?

एउटा अभियान, आन्दोलन वा संघर्षको रूपमा ४४ वर्षअघि नेपाल संवत् नयाँ वर्षको अवसरमा भिन्तुना ¥याली शुरु भएको थियो । त्यसभन्दा अघि सामान्य तरिकारले मनाउने गरिन्थ्यो । २०३६ सालको जनमत संग्रहपछि नेपाल संवत् नयाँ वर्ष मनाउने अभियान नेपालभाषा मंका खलःको स्थापनापछि अझ गति लिएको थियो । पञ्चायतकालमा शुरु भएको नेपाल संवत् राष्ट्रिय संवत् भन्ने आन्दोलन २०४६ सालको बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि अझ व्यापक र खुल्ला बन्दै गएको थियो । यही आन्दोलनकै कारण नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । राष्ट्रिय मान्यता अनुरूप काम नह्“दा राष्ट्रिय मान्यता केवल औपचारिकतामा मात्र सीमित भएको छ ।

२०६५ सालमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदाको बखत राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । राष्ट्रिय संवत्को मान्यताअनुरूप सरकारले नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको पाइएन । राष्ट्रिय मान्यताअनुरूप त्यसको प्रयोगका स्वरूपबारे राज्यले आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट पारेको देखिंदैन । २०५७ साल मंसिर २ को तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वालको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेको थियो । त्यसयता शंखधरको महत्व र व्यक्तित्वको सम्मान बारे न राज्यले अग्रसरता देखायो, न कहिले चासो नै लियो ।

‘ नेपाल संवत्को मान्यता पाएपछि यसको प्रयोग र महत्व के त ? अहिलेसम्म राज्यले गम्भीर भएर यस प्रश्नको उत्तर दिन सकेको छैन । ’ इतिहासविद् प्रा. दिनेशराज पन्तले भन्नुभयो ‘ यस्तो बेला नेपाल संवत्को महत्व , यसको प्रयोग बारे राज्यले स्पष्ट दृष्टिकोण बाहिर ल्याउनुपर्दछ । सरकारको रवैया हेर्दा जनस्तरको दबाब र मागलाई साम्य पार्ने हिसाबले मात्र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको जस्तो देखियो ।’

नेपाल संवत्लाई बुझ्ने र बुझाउने तौरतरिका

विश्वका प्राय युद्ध जितेपछि आफ्नो साम्राज्य फैलाउन राजा–महाराजाहरूले विजय उत्सवको रूपमा विभिन्न संवत् चलाउने गरेको इतिहास रहेको छ । त्यसैगरी, कुनै खास धर्म, सम्प्रदायको नाममा पनि संवत् चलेको हुन्छ । तर, नेपाल संवत् कुनै राजा, धर्म, जाति वा साम्प्रदाय विशेषको नामबाट चलेको संवत् होइन । यो त सिंगो राष्ट्र र राष्ट्रियताको नाममा स्थापित भइसकेको छ । नेपाल संवत्को शुरुआतदेखि नै यो संवत् जनस्तरमा व्यावहारिक रूपमा चल्दै आएको थियो । देशको नाममा जोडिएको हुनाले देशको मौलिक कला संस्कृति र अपनत्वपसंग जोडिएको छ । त्यस्तो संवत्ले राष्ट्रिय मान्यता पाए अनुरूप व्यवहारतः हैसियत दिनु आवश्यक रहेको छ ।

नेपाल संवत् सबै नेपालीहरूको हो भन्ने कुरो अझै बुझाउन सकेको छैन वा खोजिएन । राज्यले मान्यता दिए अनुरूप यसको महत्व सबैले बुझ्ने र बुझाउन प्रयास गरिनुपर्ने हो । अहिले पनि नेपाल संवत् नेवाःको मात्र भन्ने बुझाइ रहेको छ । त्यो गलत हो । नेपाल संवत् नेपालको पहिचान हो । नेपाल संवत् छुट्टै विषय हो, नेवाः समुदायले गर्दै आएको भाषिक, सांस्कृतिक आन्दोलन पनि फरक विषय हो ।

यो संवत्को नेवाः समुदायको भाषा र संस्कृतिसंग मात्र कुनै सांस्कृतिक सम्बन्ध छैन । तर मानिसहरू यस विषयमा भ्रमा परेका छन् । उनीहरू नेपाल संवत् भनेको नेवाः समुदायको संवत् भन्ने भ्रम रहेको छ । यही कारण बेला–बेलामा नेपाल संवत्लाई नेवारी संवत् पनि भन्ने भन्ने गरिन्छ । तर, यो गलत कुरो हो । जुन बेला नेपाल संवत शुरु भयो त्यो बेला राघवदेव नामक वैश्य ठकुरी वंशंका राजा हुनुहुन्थ्यो अर्कोतिर इतिहासकारहरूका अनुसार शंखघर जसले यो सवंत चलाउनुभयो, उहाँ पनि नेवार हो वा होइन भन्ने किटान भएको छैन । नेपाल संवत् काठमाडौं उपत्यकाबाटै सुरुआत भएको संवत् हो । उपयकाका आदिवासी नेवाः समुदाय भएकोले नेपाल संवत्लाई बढी चासो, प्रयोग गर्ने समुदाय पनि नेवाः नै परे । यसलाई निरन्तरता र पुनरुत्थान पनि गर्ने काममा नेवाः समुदाय अरु भन्दा अघि बढेकोेले नेपाल संवत् नेवाः समुदायको भन्ने बुझाइ बन्न गएको हो ।

पञ्चायतकालमा भिन्तुना ¥यालीमा भूमिगत रहेका राजनीतिक दलहरूले पनि भाग लिन्थे । राजनीतिक स्वतन्त्रताको आन्दोलन पनि भिन्तुना ¥यालीमा मिसिएका थिए । नेपाल संवत् मनाउने क्रममा यस आन्दोलनका प्रणेता पद्यमरत्न तुलाधर, अगुवा मल्ल के सुन्दर, दुर्गालाल श्रेष्ठ लगायतका अग्रजहरूले नेपाल संवत्लाई राष्ट्रियता मान्यता दिनुपर्ने, भाषिक समानता, अधिकारको विषय, नेपाल भाषालाई सरकारी मान्यताका विषयहरू पनि उठाएका थिए । बहुदलीय प्रजातन्त्र पुनःपश्चात् भिन्तुना आन्दोलनबाट राजनीतिक स्वतन्त्रताको आन्दोलन अलग्गियो । यसले गर्दा यो लामो समयसम्म एउटा आन्दोलनको हिस्साका रूपमा लिइएको थियो । नेपाल संवत्ले राष्ट्रियता मान्यता पाएपछि यसलाई आन्दोलनको पाटोबाट अलग गरेर संवतसंग सम्बन्धित रूपमा सबैले अपनत्व महशुस गर्ने गरी मनाउने स्तरसम्म पु¥याउनुपर्ने खाँचो यस अभियानका एकथरि अगुवाहरूले औल्याउँदै आएका छन् । नेपाल संवत् मनाउने समितिमा विभिन्न समुदायका मानिसहरूको प्रतिनिधित्व गराउनु्पर्ने, यसलाई पूर्व मेचीदेखि पश्चिम महाकालीका जनताले अपनत्व महशुस हुने गरी मनाउने तहसम्म पु¥याउनुपर्ने ती अगुवाहरूको भनाइ रहेको छ ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने संघर्षमा शुरुदेखि लाग्नुभएका नरेशवीर शाक्यका अनुसार नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यसलाई राज्यले मनाउने कि जनस्तरले मनाउने, नेवाः बाहेक अरु समुदायमा यसलाई कसरी लिएर जाने ? यस मनाउने संस्थागत स्वरूप कस्तो हुनेलगायत थुप्रै विषयहरू बहस हुनुपर्ने आवश्यक छ । ‘तर विडम्बना यस विषयमा गम्भीर बहसहरू भइरहेको छैन ।’ शाक्यले भन्नुभयो।