जिल्ला प्रहरी कार्यालयलाई पुस्तक

0
Shares

दोलखा। 

गौरीशङ्कर सामुदायिक पुस्तकालय चरिकोटले जिल्ला प्रहरी कार्यालय दोलखालाई विभिन्न प्रकारका पुस्तकहरु उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालयमा विभिन्न अभियोगमा हिरासतमा रहेका मानिसहरुलाई अध्यनको लागि ती पुस्तक उपलब्ध गराइएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले बताए ।

विभिन्न अभियोगमा प्रहरी कार्यालयको हिरासतमा पुग्ने मानिसहरुलाई पुस्तक अध्ययनबाट फाइदै हुने अपेक्षाले विभिन्न प्रकारका पुस्तक उपलब्ध गराइएको अध्यक्ष बस्नेतको भनाई छ ।

गौरीशङ्कर सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालय दोलखालाई कथा, उपन्यास, विभिन्न व्यक्तिको जीवनी जस्ता साहित्यिक पुस्तक, इतिहाससंग सम्बन्धित विभिन्न पुस्तकहरु र कानुनसंग सम्बन्धित विभिन्न पुस्तकहरु गरी ८२ थान पुस्तक उपलब्ध गराइएको अध्यक्ष बस्नेतले बताए ।

पुस्तकालयले विभिन्न प्रकारका पुस्तकसँगै दराज समेत उपलब्ध गराएको पुस्तकालयले जनाएको छ । विभिन्न प्रकारका पुस्तक र दराज गरी झन्डै ५० हजार खर्च भएको अध्यक्ष बस्नेतले बताए ।