सरकार निरंकुशताको बाटो हिँड्यो : राजेन्द्र लिङ्देन

0
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निरंकुशताको बाटो हिँडेको बताएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय निरंकुशताको बाटो भएको उनले बताए ।

“प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूल्ठूला ध्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो,” उनले भने, “कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर, त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।”

टिकटकमाथिको प्रतिबन्ध सुरुआत मात्र भएको भन्दै भोलि एक्स (ट्विटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्ने उनले आशंका व्यक्त गरेका छन् ।

“कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ ।”