जुवातास खलिरहेको अवस्थामा ६५ जना पक्राउ

0
Shares

काठमाडौं।

काठमाडौं, सुर्खेत, अछाम र उदयपुरका विभिन्न स्थनाबाट जुवातास खेलिरहेको अवस्थामा ६५ जना पक्राउ परेका छन् ।
काठमाडौं, नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङ समेत २२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

सुर्खेत, चौकुने गाउँपालिका-६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्र कुमार बिसिको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन्द्र समेत २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गुटु र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ७ सय ९२ रूपैयाँ, ३८ गड्डी तास र मोबाइल २३ थानसहित पक्राउ गरेको हो ।

अछाम, मंगलसेन नगरपालिका-९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावल समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय वयान राई समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय अजित कार्की समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ६० रूपैयाँ र १६ पिस कौडासहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।