गतिसँग हैन सुरक्षासँग प्रतिस्पर्धा गरौँ

0
Shares

उदयपुर।

गतिसँग हैन सुरक्षासँग प्रतिस्पर्धा गरौँ ( स्लो राइड लङ लाइफ) भन्ने मूल नारा सहित राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी उदयपुरले स्लोव मोटरसाइकल प्रतियोगिता सम्पन्न गरेको छ ।

संघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यतामा युवा संघ चौदण्डीगढीले स्लोव मोटरसाइकल प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा नगरका ५० प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत ४५ मिटरको दुरी सबै भन्दा धेरै समय खर्चेर पार गर्नु पर्ने थियो । आइतबार नगरको वडा नं ४ स्थित नारदमुनी रङ्गशालामा भएको प्रतिस्पर्धामा ४५ मिटरको दुरी पार गर्न सुजन श्रेष्ठले सबै भन्दा बढी समय खर्चेका थिए । उनले २ मिनेट १८ सेकेन्डमा दुरी पार गरेका थिए उनी श्रेष्ठ प्रथम भएका भए । प्रतियोगितामा अजय श्रेष्ठले २ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो हुन् सफल भएका थिए ।

प्रतियोगितामा प्रथम भएका सुजन श्रेष्ठलाई नगद  १० हजार १ सय ११ रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बनेका अजय श्रेष्ठलाई नगद ५ हजार १ सय ११ रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

लागुऔषध, मदिरा सेवन जस्ता दुर्ब्यशानिलाई मुक्त गराउन र बिस्तारै सवारी चलाउदा पनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदेश्य र पछिल्लो समय तीव्र गतिमा सवारी चलाएर धेरैको ज्यान जानथालेपछि  तीव्र गती जीवन क्षेती भन्ने जनचेतना स्वरूप स्लोव मोटरसाइकल दौडको प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीका कार्यबहाक अध्यक्ष भुवन राईले जानकारी दिए ।