तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ

0
Shares

कपिलवस्तु। 

शिवराज नगरपालिका-९ बिजगौरी चोक बस्ने ३२ वर्षीय नर बहादुर ओलीलाई ३ थान भरुवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुन्दरडाँडाबाट खटिएको प्रहरीले नर बहादुरको गोठ तलासी गर्दा गोठबाट १ थान र गोठ नजिक उनकै बारीमा २ थान भरुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।