विश्व निकेतन माविका पूर्व बिद्यार्थीहरुद्वारा गुरुलाई सम्मान

0
Shares

काठमाडौँ। 

 विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट २०३९ सालमा कक्षा १० (ख)मा अध्ययनरत बिद्यार्थीहरुले शनिवार पूर्व तथा वर्तमान शिक्षकलाई सम्मान  गरेको छ ।

सो विद्यालयमा अध्यापन गरेर अवकाश पाएका  शिक्षक तथा, हलका प्रधानाध्यापक र   अध्यापनरत शिक्षकहरुलाई सम्मान गरेको सो ब्याचका विद्यार्थी रामकृष्ण डंगोलले जानकारी दिए।

 पूर्व शिक्षकहरु प्रदिपकुमार भण्डारी, राजेन्द्रप्रसाद खयगुली, पूर्णबहादुर अमात्य,कोहिनुर माथेमा,बीणा लोहनी, मञ्जु अधिकारी र हालका प्रधानाध्यापक हेरम्वराज कडेललाई सम्मान गरिएको डंगोलले जानकारी दिए ।

सो कार्यक्रममा बिद्यार्थीहरु रामकृष्ण डंगोल, प्रभातकिरण रंतित, अन्नपूर्ण स्थापित, भुवनबहादुर नकर्मी, बिजयश्रीरत्न बज्रार्चाय,श्रीजना भण्डारी, शशीप्रकाश वैद्य, सुरेश श्रेष्ठ,रविन प्रकाश रंजित,शारदा शाक्य, कन्हैया झा, उपेन्द्रलाल श्रेष्ठ  र राजेश रन्जित  सुशील ताम्राकार, निमा चित्रकार,दुर्गा चित्रकार,मन्दिरा केशरी तुलाधर, रमेश महर्जन, शान्त श्रीरत्न बज्राचार्य, विजया दवाडी, ध्रुवकुमार दवाडी, यशोधरा बज्राचार्य, वसुन्धरा स्थापित, प्रमीला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।