गायिका बुनुले ल्याइन नाइँ भन्दा नि मान्दैन 



काठमाडौँ। 

लोकप्रिय गायिका बुनु श्रेष्ठले नाइँ भन्दा नि मान्दैन बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । बुनुको स्वरमा सजिएको उक्त प्रेमील गीतमा बबुल गिरीको शब्द संगीत र एरेन्ज रहेको छ। स्टुडियो साउण्ड मिलमा रेकर्डिङ गरिएको गीतमा मिक्सिङ र मास्टरिङ भने महेश्वर मान राज भण्डारीले गरेका छन्।

गीतमाथि  बनेको आकर्षक भिडियोमा बुनु स्वम फिचर्ड छिन् । जसमा  डाँफे बुटिकमार्फत रिना थापाले डिजाईन गरेको आकर्षक पहिरनमा सजिएकी छन् । भिडियोलाई सुरेन्द्र बस्यालले  निर्देशन गरेका हुन् भने दिपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्