भूकम्प प्रभावितलाई कम्तिमा जाडो र बर्खा थेग्नेगरि अस्थायी घर बनाउन जरुरी छ : महामन्त्री थापा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावितलाई नयाँ घर नबन्दासम्म कम्तिमा जाडो र बर्खा थेग्नेगरि अस्थायी घर बनाउन जरुरी भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा पानी परेर जाडो बढिरहेको उल्लेख गर्दै उनले तत्काल अस्थायी घर बनाउन जरुरी रहेको बताएका हुन्।

‘आज भूकम्प प्रभावित क्षेत्रमा पानी प¥यो, जाडो बढिरहेछ। नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी छ। हामीले दुई नमुना अस्थायी घर (टहरा) बनाउँदै गर्दाको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्ष सहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने रहेछ। यो विषयमा हामीले प्रधानमन्त्री ज्युलाई भेटेका थियौँ। आज सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवार ५० हजार दिने सरकारले सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।’ उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,’तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ। घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ।’