धादिङ केन्द्रबिन्दु भएर भूकम्प

0
Shares

काठमाडौँ।

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।