नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी 

0
Shares

काठमाडौँ।   

नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ । तस्बिर प्रदर्शनीमा  शहरी विकास मन्त्री सिता गुरुङद्वारा पानसमा दीप प्रज्वलन गरी  कार्यक्रमको उद्घाटन  गरिएको थियो।

 कार्यक्रममा स्विस राजदूत र शहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यको पनि उपस्थिति रहेको थियो। स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको छ ।

कुल ७३० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा लक्ष्य नाघेर ७४४ वटा निर्माण सम्पन्न भएका आर्थिक वर्ष २०७९ र २०८० , यो सङ्ख्या वार्षिक झोलुङ्गे पुल निर्माणको नेपाली इतिहासमा नै पहिलो उच्च परिमाण हो ।

यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको १०,००० को सङ्ख्या उछिनिएको छ। गत आवमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलबाट मात्र पनि अव दूरदराजमा  बसोबास गर्ने कम्तीमा १२ लाख आम नेपालीलाई सहजता दिलाएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

सन १९६४ बाट स्विस सरकार विकास एसडिसिको अनुदानसहित प्राविधिक सहयोग, हेल्भेटास नेपाल र नेपाल सरकारबाट प्रारम्भ भएको झोलुङ्गे पुलहरूको निर्माण हाल आव सम्म आइपुग्दा दस हजार चार सय बाह्र वटा पुल बनिसकेका छन् ।